काठमाडौँ उपत्यकामा ७५१ जना सहित देशभर थप २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ७ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७५१ जना सहित देशभर थप २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार १२२ आरटी पीसीआर तथा ३ हजार ७०७ एन्टीजेन परिक्षण सहित १२ हजार ८२९ जनाको परिक्षण गर्दा २ हजार ७१४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख २७ हजार १६९ रहेको छ भने सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार २८८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ६६१ रहेको छ

