नेपाली दाजुभाइ दिदीवहिनीहरु बिदेशमा अलपत्र परेको सम्झदा आफुलाई निन्द्रा लाग्दैन : दुर्गा प्रसाइँ
काठमाडौँ, २३ पुस – अहिले नेपालवाट दिनहु २ हजार ५ सय भन्दा बढी युवाहरु वाहिरिने गरेको तथ्य वाहिरिएको छ । तिमध्ये नेपाली दाजुभाइ दिदीवहिनाको दैनिक २४ वटा लाश आउने गरेको छ ।
मेडिकल व्यवसायी तथा समाजसेवी दुर्गा प्रसाइँले रोजगार श्रृजना नहुनु, गरिब झनझन बढ्दै जानु, युवायुवतीहरु विदेशिन वाध्य हुनुको पछाडि बैंक, वित्तिय संस्था तथा सहकारीहरुको साहु महाजनको शैलीको चर्को ब्याजदर रहेको बताउनुहुन्छ । प्रसाइँले आज ७ बुदेँ बिज्ञप्ति जारी गर्दै उहाँले कति युवायुवतीहरु विदेशमा अलपत्र परेका बताउनुभएको छ ।
उहाँले आफ्नो निजी खर्चमा दुवइ साउदी र कतारबाट करिव २१ वटा लाश नेपाल ल्याएको तथा बिदेशका जेलमा रहेका करिव १७० जनामध्ये ४० जनालाइ जेलमुक्त गर्न सकेको बताउनुभएको छ । विभिन्न देशमा अलपत्र परेका १०० जनाभन्दा बढी नेपाली दाजुभाइलाइ निजी खर्चमा उद्धार गरेको स्पष्ट पार्नुभयो ।
यसैगरी षडयन्त्रपूणर् ढंगबाट जेलमा पारिएका अमरबहादुर बमलाई मुत्यूदण्डबाट मुक्ति दिलाउन दुवइको राजपरिवारसँग आवश्यक परामर्श गरी उनको जीवनरक्षाको लागि आवश्यक रकमको प्रबन्धसमेत आफैले गरेको उहाँको दाबि रहेको छ ।
उहाँले आफ्नो जीवनको एक मात्र लक्ष्य भनेको देश र जनताको हितको लागि जे जति गर्न सकिन्छ त्यसमा सारा जीवन सर्मपण गर्ने रहेको पनि बताउनुभयोे । कुनै पनि नेपालीलाइ दुःख नपरोस्, कोही भोकै नहुन कोही नाँगै हुन नपरोस् भन्ने उद्देश्यका साथ आफुले यो कार्य गरेको उहाको भनाई रहेको छ ।
चिसो कठाग्रिंदो जाडोमा लगलग काप्दै रात विताउन बाध्य गरिव नेपाली दाजुभाइ दिदीवहिनीहरु सम्झदा अफुलाई निन्दा्र नलाग्ने उहाँको भनाई रहेको छ । रोजगार श्रृजना नहुनु, गरिब झनझन बढ्दै जानु, युवायुवतीहरु विदेशिन वाध्य हुनुको पछाडि बैंक, वित्तिय संस्था तथा सहकारीहरुको साहु महाजनको शैलीको चर्को ब्याजदर रहेको निष्र्कष समाजसेवि प्रसाईको छ ।
बिज्ञप्तिमार्फत प्रसाईले प्रतिशतमा भन्दा न्यून ब्याजमा उद्यमीले कर्जा प्राप्त गर्न सक्नुपर्ने र घर परिवारसँगै जीवन जीउन पाइनुपर्ने माग पनि राख्नुभएको छ । उहाँले बैक तथा वित्तिय संस्थाको अत्याचारको विरुद्धमा देशव्यापी रुपमा चलाइने यस अभियानले लक्षित उद्येश्य हासिल हुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

