प्रतिनिधिसभाको अधिवेशन शुरु

काठमाडौँ, ३ साउन – सर्वाेच्च अदालतको आदेशानुसार पुनःस्थापित सङ्घीय संसद् प्रतिनिधिसभाको आठौँ अधिवेशन आजदेखि शुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी प्रतिनिधिसभाको आजै बस्ने दोस्रो वैठकमा निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्नुहुने छ । त्यसैले पनि यस अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन प्रारम्भ भएकामा सबै सांसदलाई स्वागत गर्दै अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा जीवनउत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदको योगदानको स्मरण गर्दै बैठकमा मौनधारण गरियो । सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान र विभिन्न मितिमा मन्त्रिपरिषद् गठनसम्वन्धी पत्र वाचन गरेर सुनाउनुभयो । उहाँले प्रतिनिधिसभा नियमावलीअनुसार सभाको अध्यक्षता गर्ने सदस्य मनोनयनसम्वन्धी राख्नु भएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

त्यसतैगरी आजबसेको प्रतिनिधि सभाको पहिलो बैठकले शोक प्रस्तव पारित गरी दास्रो बैठक केहिवेरमा बस्ने गरि सकिएको छ ।

Facebook Comments Box