प्रदेश १, मधेस, वाग्मती र गण्डकीका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, २१ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेसका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ भने देशका बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, मधेसलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती र गण्डकीका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति भने प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहने महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

Facebook Comments Box