काठमाडौँ उपत्यकामा ३३४ जना सहित देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३४ जना सहित देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ६२८ आरटी पीसीआर तथा ३ हजार ० एन्टीजेन परिक्षण सहित ९ हजार ६२८ जनाको परिक्षण गर्दा १ हजार ८०१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ रहेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ४८४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६६७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ३२ हजार ०७४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५५० रहेको छ

Facebook Comments Box