काठमाडौँ उपत्यकामा ५५३ जना सहित देशभर थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३१ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५५३ जना सहित देशभर थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार २५६ आरटी पीसीआर तथा ४ हजार ५१२ एन्टीजेन परिक्षण सहित १२ हजार ७६८ जनाको परिक्षण गर्दा २ हजार ६७६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ९ हजार ४३७ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ७५७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ४६३ रहेको छ

Facebook Comments Box