काठमाडौँ उपत्यकामा ४९९ जना सहित देशभर थप २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २२ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४९९ जना सहित देशभर थप २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ५०३ आरटी पीसीआर तथा ५ हजार ८२ एन्टीजेन परिक्षण सहित १२ हजार ५८५ जनाको परिक्षण गर्दा २ हजार ६३४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ८७ हजार ९९५ रहेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार २६३ रहेको छ

