दोलखामा उमेदवार गंगा कार्कीकाे अग्रता कायमै

काठमाडौँ, १७ मङ्सिर – दोलखामा नेकपा (माओवादी केन्द्र)का उमेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ७ हजार ९ सय ९५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २ सय ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनीहरुबीच ७ सय मतको अन्तर रहेको छ। अहिलेसम्म १७ हजार २ सय ७२ मत गणना भएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनका अनुसार यहाँ ६ सय ८८ मत बदर भएको छ।

Facebook Comments Box