यातायात व्यवसायीहरुले असार १८ गतेदेखि देशभर सार्वजनिक यातायातका साधन चलाउने
काठमाडौँ, १५ असार – यातायात व्यवसायीहरुले असार १८ गतेदेखि देशभर सार्वजनिक यातायातका साधन चलाउने घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा विज्ञप्ति निकालेर जोर बिजोरका प्रणालीलाई नमान्ने भन्दै देशभर सावजनिक यातायात चलाउने घोषणा गरेका हुन् ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज देखि जोर बिजोरका आधारमा सवारी साधन चलाउन अनुमति दिने निणर्य गरेको थियो । बैठकको निणर्यअनुसार आजदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन मात्रै जोरविजोरका आधारमा सञ्चालन गर्न पाइने छ ।
तर व्यवसायीहरुले उक्त निणर्य अव्यवहारिक भएको ठहर गर्दै १८ गतेदेखि लामो दुरी,मध्यम दुरी र छोटो दुरीको सवारी साधन चलाउन अनुमतीको आग्रह गरेका छन् । यदी नभए स्वास्थ्यमा मापदण्ड पालना गरि आफुहरुले सबै सवारी साधन चलाउने निष्कर्ष व्यवसायीहरुले गरेका छन् ।

