विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटमा नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

काठमाडौँ, २९ जेठ – विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट प्रतियोगितामा नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित भएको छ ।
गएराति कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले ३-० को हार बेहोर्नु परेको हो।

यो हारसँगै नेपालले अब एसियन कपमा छनोट हुनका लागि प्ले-अफ खेल्नुपर्नेछ । अस्ट्रेलियाका लागि म्याथिउ लेकी, फ्रान कारासिच र मर्टिन बोएलले गोल गरेका थिए। लेकीले खेलको छैटौं मिनेटमै गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए।

त्यसपछि ३८औं मिनेटमा कारासिचले गोल थपेका थिए। दोस्रो हाफमा बोएलले तेस्रो गोल थप्दै जित दिलाएका थिए। नेपालका रोहित चन्दले रातो कार्ड पाए। पहिलो हाफ सकिँनै लाग्दा रोहित बाहिरएपछि नेपाली टोली १० खेलाडीमै सिमित रहेको थियो। समूह ‘बी’को शीर्षस्थानमा रहेको अस्ट्रेलिया विश्वकपको तेस्रो चरणको लागि छनोट भएको छ।

नेपाल भने यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ। एसियन कपका लागि भने नेपालको सम्भावना जिवितै छ। अब नेपालले प्ले-अफ खेल्नुपर्नेछ।

Facebook Comments Box