कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने

काठमाडौँ, २९ जेठ – कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने भएको छ । कोभ्याक्सले नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड तथा अस्ट्राजेनेकाद्वारा विकसित खोपका केही डोज एक सातापछि उपलब्ध गराउने जानकारी दिएको हो । कति डोज दिने भन्ने यकिन नभएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

उहाको अनुसार कोभ्याक्सलाई खोप प्राप्त भएपछि विश्वभरि वितरण गर्ने क्रममा नेपालको भागमा जति आउँछ, त्यति नै दिने हो । कोभिसिल्डको पहिलो डोज खोप लगाएर बसेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिने विषय चुनौतीपूणर् बनेपछि खोप समितिले सम्भव भएजति सबै ठाउँमा पहल गरिरहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले दिनुपर्ने १० लाख डोज र थप खोपका लागि पनि पहल भइरहेको उहाले बताउनुभयो । उता अमेरिकाले नेपाललाई दिने भनेको खोपमा पनि त्यहाँको प्रक्रियाका कारण ढिलाइ भएको छ ।

Facebook Comments Box