मच्छिन्द्रनाथको रथजात्रा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने

ललितपुर, २६ चैत – ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने निणय भएको छ ।

गुथी संस्थान र जिल्ला प्रशासन कार्यालय ललितपुरको कार्यालयमा भएको सर्वपक्षिय बैठकमा कोरोनाको जो्खिम बढ्दै गएकाले यसलाई मध्यनजर गरी यसपालीको जात्रा सञ्चालन गर्ने निणर्य भएको बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने निणर्य भएको छ ।

सामाजिक दुरी, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य मापदण्ड पालना गरी रथ जात्रा संञ्चालन गर्ने निणर्यमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजन संगै जात्रा संग सम्बन्धित बिभिन्न सरोकारवालाको बैठक बसेको थियो ।

Facebook Comments Box