नेपाल पत्रकार महासंघको चुनावको मतपरिणाम आउन थालेको छ

काठमाडौँ, २६ चैत – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि हिजो भएको चुनावको मतपरिणाम आउन थालेको छ । आज बिहानसम्म प्रदेश एसोसिएटबाट विकास कार्की र कृति भट्टराई केन्द्रीय कार्यसमितिमा विजयी हुनु भएको छ ।

अध्यक्षमा बैकुण्ठ पराजुली हिजो नै विजयी हुनु भएको थियो । यस्तै ललितपुर अध्यक्षका प्रेस संगठनका सागर न्यौपानेको लोकतान्त्रिक प्यानल विजयी भएको छ ।
यस्तै झापामा लोकतान्त्रिक गठबन्धनको नेतृत्व गर्दै प्रेस युनियन एकराज गिरी नेतृत्वको प्यानल विजयी भएको छ । दार्चुलामा भने कृष्ण धामी अध्यक्षमा निर्वाचित हुनुभएको छ । बझाङको अध्यक्षमा शैलेन्द्र रोकायाको प्यानल विजयी भएको छ ।

पत्रकार महासंघ काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना विजयी हुनुभएको छ । दोलखामा नेपाल प्रेस युनियनका दीपशंकर चौलागाँई अध्यक्षमा निर्वाचित हुनुभएको छ । डोटीमा नेपाल प्रेस युनियनका मोहन शाहीको प्यानल नै विजयी भएको छ ।

यस्तै बर्दियामा यादव आचार्यको लोकतान्त्रिक प्यानल नै विजयी भएको छ । हिजो राती मतगणना भएका धेरै ठाउँको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको मतपरिणाम हेर्दा विपुल पोखरेल नेतृत्वको प्यानलले धेरै ठाउँमा जित हात पारेको छ । महासंघको अध्यक्षमा पोखरेल र निर्मला शर्माको प्यानल प्रतिष्पर्धामा थियो । यस्तै अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका गजेन्द्र बुढाथोकी पनि प्रतिष्पर्धामा हुनुहुन्छ ।

Facebook Comments Box