देशभरका शैक्षिक संस्था आजदेखि पूर्ववत् रूपमा सञ्चालन

काठमाडौँ, २२ चैत – देशभरका शैक्षिक संस्था आजदेखि पूर्ववत् रूपमा सञ्चालन भएका छन्। वातावरणमा सुधार आएको भन्दै सरकारले आजदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताउनुभएको हो । उहाले बिहीबारदेखि हिजोसम्म प्रदूषण बिस्तारै घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिनुभएको छ ।
यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निणर्य गरेको थियो।
यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने विद्यार्थीका नियमित कक्षा रोकिएका थिए।

सरकारको निणर्यपछि विश्वविद्यालयहरूले पनि आफ्नो परीक्षाबाहेकका नियमित कक्षा रोक्ने निणर्य गरेका थिए। चार दिन पठनपाठन बन्द भए पनि पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गरिएको थियो।

Facebook Comments Box