सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ चैत – सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका तीन जनामा नयाँ प्रकारको संक्रमण पुष्टि भएको हो।
त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको कार्कीले बताउनुभएको छ ।
भारतबाट नेपाल आएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको हो।

Facebook Comments Box