काठमाडौँ उपत्यकामा ५८ जना सहित देशभर थप १४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५८ जना सहित देशभर थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५०, भक्तपुरमा १ र ललितपुरमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ३ हजार १२२ जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ३४१ रहेको छ । यसैगरी, देशभरका क्वारेन्टाइनमा ५६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा मृत्यु संख्या सुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार २७ रहेको छ ।

Facebook Comments Box