पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६५ जना सहित देशभर थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६५ जना सहित देशभर थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५२, भक्तपुरमा ६ र ललितपुरमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा २ हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार २८२ रहेको छ ।

यसैगरी, देशभरका क्वारेन्टाइनमा ५७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ९५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा मृत्यु संख्या सुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार २७ रहेको छ ।

Facebook Comments Box