२४ हजार घुस सहित शाखा अधिकृत पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका अवस्थामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ ।
कार्यालय समयमा सेवाग्राहीबाट रु २४ हजारसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिनुभयो । अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ । उहाँले भन्नुभयो विस्तृत विवरण सङ्कलन हँुदैछ ।
Facebook Comments Box