आज देखि साफ महिला च्याम्पियनसिप सुरु हुँदै

काठमाडौँ, २१ भदौ – काठमाडौंमाआज देखि साफ महिला च्याम्पियनसिप सुरु हुँदै छ। प्रतियोगितामा भिड्न सातै टोली तयार देखिएका छन्। यसअघिका ५ संस्करणमध्ये ४ पटक फाइनलमा पुगेर पनि उपाधिबाट टाढिएको नेपाल घरेलु मैदानमा नयाँ इतिहास रच्ने दाउमा छ।

दशरथ रंगशालामा हुने खेलमा नेपाली राष्ट्रिय महिला टोलीले दोस्रो पटक घरेलु मैदानमा खेल्ने मौका पाएको छ। नेपाली टोलीले यसअघि बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेलेको थियो। राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडीले रगंशालामा पहिलो पटक खेल खेल्नेछन्।

साफमा सर्वाधिक सफल टोली भारत भने सोही लयलाई कायम राख्दै छैटौँ पटक उपाधि हत्याउने योजनामा छ। पाकिस्तानले यही च्याम्पियनसिप मार्फत ८ वर्षपछि अन्तराष्ट्रिय फुटबलमा पुनरागमन गर्दै छ। च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स सहभागी छन्।

च्याम्पियसिपमा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह बी मा नेपाल, श्रीलंका र भुटान रहेको सहज समूहमा छ। समूह ए मा डिफेन्डिङ च्याम्पियन भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्। समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले अन्तिम चारमा स्थान पक्का गर्नेछन्।

Facebook Comments Box