काठमाडौँ उपत्यकामा ५९८ जना सहित देशभर थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २९ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५९८ जना सहित देशभर थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९१, भक्तपुरमा ७७ र ललितपुरमा १३० जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ५०६ आरटी पीसीआर तथा ५ हजार ९८८ एन्टीजेन परिक्षण सहित १४ हजार ४९४ जनाको परिक्षण गर्दा ३ हजार ३८४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ६ हजार २९५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ३६६ रहेको छ

