हेटौंडाको एक होटलमा आगलागी, ४३ लाख रुपैयाँको क्षति
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी हुँदा करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आशिष गौतमले सञ्चालन गर्दै आएको द डोर्स होटलमा गएराति साढे ११ बजे आगलागी भएको हो। आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकलका कर्मचारी ३५ वर्षीय नवीन नेपाल सामान्य घाइते भएका छन्।
स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा राति १२ बजेर २० मिनेटमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट होटलको भान्साकोठा र हलमा क्षति पुगेको छ। प्रारम्भिक अनुसन्धानअनुसार विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको आशंका छ।
Facebook Comments Box

