आज देशका अधिकांश क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। बिहीबार कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Facebook Comments Box