ताप्लेजुङको ओलाङचुङगोलानजिक ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । पूर्वी नेपालको सीमा क्षेत्रमा आज बिहान ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ताप्लेजुङको ओलाङचुङगोला नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो। उक्त क्षेत्र चीनको तिब्बतसँग सीमा जोडिएको छ।

भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने प्राप्त भइसकेको छैन। यता, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यस्थित मङ्गन क्षेत्रबाट करिब ६७ किलोमिटर टाढा रहेको जनाएको छ। यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको हो।

Facebook Comments Box