आज देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने भए पनि अन्य क्षेत्रमा मौसम सफा रहनेछ। यस्तै, बुधबार हिमाली क्षेत्रका साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
Facebook Comments Box

