एनपीएलमा आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा काठमाडौं गोर्खाजले आज पहिलो खेल खेल्दैछ। जनकपुर बोल्ट्स भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो। यस्तै, आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच दोस्रो खेल हुनेछ। विराटनगर पनि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

Facebook Comments Box