बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएन, तीन महिनामा २० सवारीसाधन कारबाहीमा

नेपालगन्ज । बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी रोकिएको छैन। प्रहरीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा अवैध उत्खनन तथा ढुवानीमा संलग्न २० वटा टिपर र ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउनमा चार, भदौमा आठ र असोजमा आठवटा सवारीसाधन कारबाहीमा परेका छन्। ती कारबाहीबाट कुल एक लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।

महिनागत विवरणअनुसार साउनमा १६ हजार, भदौमा ४१ हजार र असोजमा ९० हजार रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ। निरन्तर कारबाही गर्दा पनि अवैध उत्खनन नरोकिएको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ। नागरिक सरोकार मञ्च बाँकेले नदीको प्राकृतिक बहाव, तटीय क्षेत्र र वातावरण संरक्षणका लागि नियमित अनुगमन, कानुनको प्रभावकारी कार्यान्वयन र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको जनाएको छ।

Facebook Comments Box