बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। स्वास्थ्य सेवा विभागका अनुसार यसपटक करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। सरकारले बालबालिकामा कुपोषण तथा स्वास्थ्य जटिलताको जोखिम न्यूनीकरण गर्न हरेक वर्ष कात्तिक र वैशाखमा निःशुल्क रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ।
Facebook Comments Box

