रारामा बाटो बिराएर अलपत्र परेका १२ पर्यटकको सेनाद्वारा उद्धार
मुगु । रारा ताल भ्रमणमा आएका बाटो बिराएर अलपत्र परेका १२ जना आन्तरिक पर्यटकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। छायाँनाथ रारा नगरपालिका–८ स्थित चुच्चेमारा जङ्गलमा अलपत्र परेका जुम्लाको चन्दननाथ नगरपालिका–२ का १२ जनालाई नेपाली सेनाको हनुमानध्वज गुल्म राराको टोलीले उद्धार गरेको हो।
पर्यटक अलपत्र परेको सूचना पाएलगत्तै परिचालित सेनाको टोलीले राति करिब १० बजे उनीहरूलाई सकुशल उद्धार गरी सल्लेरीस्थित होटलसम्म पुर्याएको गुल्मपति खड्गबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ।
Facebook Comments Box

