सिमलतालमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध
काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिक आज बिहान पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो हटाउने काम तत्काल सुरु गरिएको छ ।
पहिरो पन्छाउन डिभिजन सडक कार्यालयसँग समन्वय गरी आवश्यक उपकरण परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउन प्रयास जारी रहेको जनाएको छ भने यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
Facebook Comments Box

