चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको आज बैठक बस्दै
काठमाडौं, १७ चैत – आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र भने तालमेलको विषयमा विवाद कायमै छ । यद्यपि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा भने चुनावमा गठबन्धन गर्ने विषयमा दृढ देखिएका छन् । शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ
Facebook Comments Box

