संसदीय सुनुवाइ समिति बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक मङ्गलबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि प्रस्तावित व्यक्तिहरूमाथि परेको उजुरीमाथि छलफल गरिनुका साथै उनीहरूले पेस गरेको कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यस्तै, डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय पनि सोही बैठकले गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट प्रस्तावित नाम अनुमोदन भएपछि सम्बन्धित पदमा राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था रहेको छ।

Facebook Comments Box