कर छल्ने आशंकामा कोरला नाकाबाट भित्रिएका ७७४ विद्युतीय सवारी नियन्त्रणमा

काठमाडौं,२१ जेठ – मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याइएका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। गलत कागजात तयार गरी सवारीसाधन भित्र्याइएको सूचनाका आधारमा गाडीहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्ट ले जानकारी दिए। उनका अनुसार हाल भन्सार कार्यालयका कर्मचारीले ती सवारीसाधनको कागजात तथा अन्य विवरण परीक्षण गरिरहेका छन्।

व्यवसायीहरूले भने ती विद्युतीय सवारीसाधन सरकारले कर वृद्धि गर्नुअघि नै नेपाल ल्याइएको दाबी गरेका छन्। तर कर छली गर्ने उद्देश्यले पुरानो मितिका कागजात तयार पारिएको हुन सक्ने आशंका सशस्त्र प्रहरीले गरेको छ। म्याग्दीको सिमानासम्म पुगिसकेका ती सवारीसाधन बुधबार राति नियन्त्रणमा लिइएको बताइएको छ।

Facebook Comments Box