दिल्लीमा रवि लामिछाने र अमेरिकी विशेष दूत सर्जियो गोरबीच भेटवार्ता

काठमाडौं, जेठ २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच बिहीबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ। पाँचदिने भारत भ्रमणका क्रममा गत जेठ १८ गते नयाँ दिल्ली पुगेका लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न भेटघाट गरिरहेका छन्। उनी भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका हुन्।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री  एस. जयशंकर लगायतसँग भेटवार्ता गरिसकेका छन्। बिहीबार दिनभर रास्वपाको प्रवास कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ सर्जियो गोरसँग छलफल गरेका हुन्। सर्जियो गोर भारतका लागि अमेरिकी राजदूतसमेत हुन्। उनी यसअघि गत वैशाखमा नेपाल भ्रमणमा आएका बेला पनि सभापति लामिछानेसहित रास्वपाका नेताहरूसँग भेटवार्ता गरेका थिए।

Facebook Comments Box