प्रधानमन्त्री शाहले इयु आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्ने

काठमाडौं,१२ जेठ – प्रधानमन्त्री वालेन्द्र शाह ले मंगलबार काठमाडौंस्थित युरोपेली सङ्घ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार मा मंगलबार बिहान ११:३० बजे सामूहिक भेट तथा संवाद कार्यक्रम तय भएको जनाइएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहाल का अनुसार भेटका क्रममा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा सहकार्यका विविध विषयमा छलफल हुने छ । यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए ।

Facebook Comments Box