नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग निर्वाध सञ्चालनमा
भरतपुर, १५ असोज – बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारीसाधन निर्वाध सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल कुनै अवरोध छैन र यात्रु सहज रूपमा आवागमन गरिरहेका छन्। दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४ सै घण्टा खटिइरहेका छन्।
मंगलबार साँझ इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा पहिरो खस्दा सडक करिब एक घण्टा अबरुद्ध भए पनि तत्कालै पन्छाइएपछि सञ्चालनमा आएको थियो।
त्यसपछि रातिसम्म सवारीचाप रहे पनि अहिले भने चाप कम भएको प्रहरीले जनाएको छ। तुइन खोलामा बारम्बार पहिरो खस्दा यात्रु प्रभावित हुँदै आएका छन्।
Facebook Comments Box

