तिब्बती क्षेत्रमा भारी वर्षा : भोटेकोशी र सुनकोशी आसपास सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौँ, ६ असार – छिमेकी राष्ट्र चीनको तिब्बती क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेको हुँदा भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक सूचना जारी गर्दै असार ७ गते तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने मौसम पूर्वानुमानलाई आधार मान्दै तटीय बस्तीमा रहने तथा नदी किनार नजिक बसोबास गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।

प्रशासनले स्थानीय तह, सुरक्षा निकाय, आपतकालीन सेवा संयन्त्र र नागरिकलाई सुरक्षा र पूर्वतयारीलाई प्राथमिकता दिनु आवश्यक रहेको पनि जनाएको छ।

बाढी तथा पहिरोको सम्भावनालाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचनामा ध्यान दिन समेत आग्रह गरिएको छ।

Facebook Comments Box