धादिङको बैरेनीमा दुई बस ठोक्किँदा १२ जना घाइते

धादिङ, २९ वैशाख – पृथ्वी राजमार्ग अन्तर्गत बैरेनी मा गएराति दुईवटा बस आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट पोखरावीरगञ्ज तर्फ जाँदै गरेका बस एकआपसमा ठोक्किएको बताइएको छ।

घटनालगत्तै प्रहरीले उद्धार गरेर घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो। प्रहरीका अनुसार दुर्घटनामा संलग्न बसको नम्बर तथा घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको छ।

Facebook Comments Box