ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौं,  २४ वैशाख – केपी शर्मा ओली ले दोहोरो सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि गृह मन्त्रालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको विवरण माग गर्दै दोहोरो सुविधामा रहेका गाडी फिर्ता गर्न पत्राचार गरेको थियो ।

सोही आग्रहअनुसार एमाले अध्यक्ष ओलीले बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेट भएको गाडी बुधबार सरकारलाई फिर्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण संकलन गर्ने प्रक्रिया अघि बढाएको छ ।

Facebook Comments Box