पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविराम लम्ब्याउने ट्रम्पको घोषणा

काठमाडौँ, ९ वैशाख  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविराम अवधि लम्ब्याउने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानभित्र राजनीतिक विभाजन गहिरिएको उल्लेख गर्दै त्यहाँको नेतृत्वबाट एकीकृत प्रस्ताव नआएसम्म आक्रमण रोकिरहने बताएका छन्।

उनका अनुसार पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शहबाज सरिफ को आग्रहमा युद्धविरामलाई निरन्तरता दिइएको हो। ट्रम्पले युद्धविराम लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने यथावत् राख्ने स्पष्ट पारेका छन्। उनले अमेरिकी सेनालाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि बताएका छन्। इरानले औपचारिक प्रस्ताव प्रस्तुत गरी वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम कायम रहने ट्रम्पको भनाइ छ।

Facebook Comments Box