पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक : तीन अर्ब १९ करोडको बजेट पारित

काठमाडौँ, ३१ असार – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५औँ सिनेट बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले रजिष्ट्रार प्रा. डा. पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रमलाई संशोधनसहित स्वीकृति दिएको हो।

बैठकमा कुलपति ओलीले प्रतिष्ठानहरूलाई बेरुजु फछ्र्योटमा तीव्रता दिन र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिनुभयो। उहाँले सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरूले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै सिनेटमार्फत बजेट तथा कार्यक्रम स्वीकृति लिने अभ्यासलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

Facebook Comments Box