झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु
झापा, १० चैत – कचनकवल गाउँपालिका–४ मा सवारी साधनको ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेशको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापा का अनुसार गएराति बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको बीआर–११सी–३०७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि ओम साई पाथीभरा अस्पताल पठाइएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले सिटी चालक १९ वर्षीय सैजन मियाँलाई नियन्त्रणमा लिएको छ भने सवारी साधनहरू समेत नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box

