डोटीमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु
डोटी, १० चैत – आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौक सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आदर्श–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र १९ वर्षीय कैलाश विक रहेको जिल्ला प्रहरी कार्यालय डोटी ले जनाएको छ।
प्रहरीका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३९२३ नम्बरको बोलेरो घुम्तीमा अनियन्त्रित भई गएराति करिब १२ बजे दुर्घटनामा परेको थियो। दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइली खोलामा मृत अवस्थामा फेला परेका थिए।
Facebook Comments Box

