प्रतिनिधिसभा निर्वाचन मतगणना जारी : १०२ स्थानमा रास्वपा अग्रस्थानमा

काठमाडौँ, २३ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर जारी मतगणनाको पछिल्लो परिणामअनुसार १०२ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अग्रस्थानमा रहेका छन्। निर्वाचन आयोगका अनुसार हाल १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। आज बिहान ५ः५० बजेसम्म प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेस १० स्थानमा, नेकपा (एमाले) १२ स्थानमा तथा नेपाली कम्युनिष्ट पार्टी ११ स्थानमा अग्रस्थानमा छन्।

त्यसैगरी श्रम संस्कृति पार्टी तीन स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी एक स्थानमा र एक स्वतन्त्र उम्मेदवार पनि एक स्थानमा अग्रस्थानमा रहेको आयोगले जनाएको छ। आयोगका अनुसार हालसम्म २० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। तीमध्ये रास्वपाका उम्मेदवार १५ स्थानमा विजयी भएका छन् भने नेपाली कांग्रेसले तीन स्थानमा, नेकपा (एमाले) ले एक स्थानमा तथा नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा विजय हासिल गरेका छन्।

Facebook Comments Box