चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी

चितवन, २३ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रोपटक विजयी हुनुभएको छ। लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गर्नुभएको हो।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार हजार ९६९ मत प्राप्त गर्नुभएको छ। यस निर्वाचन क्षेत्रमा ८७ हजार २८ मत सदर भएको थियो भने दुई हजार ७९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। लामिछाने यसअघि २०७९ र २०८० मा भएको उपनिर्वाचनमा पनि यही क्षेत्रबाट विजयी हुनुभएको थियो।

Facebook Comments Box