काठमाडौँ उपत्यकामा ३३७ जना सहित देशभर थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ५ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जना सहित देशभर थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुरमा ४४ र ललितपुरमा ९२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ७ हजार १० आरटी पीसीआर तथा ४ हजार ६८६ एन्टीजेन परिक्षण सहित ११ हजार ६९६ जनाको परिक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ४५ हजार २०९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ३ हजार ६६० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ६७५ रहेको छ ।

