एमालेले समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक

काठमाडौँ, १७ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची बुधबार साँझ सार्वजनिक भएको छ। पार्टीले सोमबार राति नै आयोगमा सूची बुझाएको भए पनि आधिकारिक रूपमा बुधबारमात्र सार्वजनिक गरिएको हो।

सूची अनुसार, जनजाति तर्फ पुरुषको पहिलो नम्बरमा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको नाम रहेको छ। त्यस्तै, खसआर्य पुरुषतर्फको पहिलो नम्बरमा गुरुप्रसाद बराल छन्, जो गएको एमाले महाधिवेशनमा केन्द्रीय सदस्यमासमेत चुनाव हारिसकेका नेता हुन्। खसआर्य महिला तर्फ पहिलो नम्बरमा पद्मा अर्यालको नाम रहेको छ।

सूचीमा अन्य समूहका उम्मेदवारहरू यसप्रकार छन्:

खसआर्य महिला: पद्मा अर्याल, टुकाभद्रा हमाल, निरूदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द।

खसआर्य पुरुष: गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला, बमबहादुर बिसी।

आदिवासी जनजाति महिला: भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना।

आदिवासी जनजाति पुरुष: रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल (सौका), प्रेम घले, दलबहादुर गुरुङ, विजयसिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार, राजकुमार श्रेष्ठ।

मधेसी महिला: रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव।

मधेसी पुरुष: चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव, सचिदानन्द साह।

दलित महिला: विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी, सावित्रा घिमिरे।

दलित पुरुष: जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा, जगबहादुर नेपाली।

थारु महिला: मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी, असरादेवी चौधरी।

थारु पुरुष: कृपाराम राना, शिवप्रसाद चौधरी, जजीर प्रसाद चौधरी।

मुस्लिम महिला: साजिदा खातुन सिद्धिकी, रुही नाज, रोजीरन खातुन।

मुस्लिम पुरुष: मोहम्मद हारुन हलवाई, एकवाल मिया।

Facebook Comments Box