निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ, २१ मङ्सिर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अब ८८ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। राजनीतिक दलहरू पनि आन्तरिक तयारीमा सक्रिय छन्।आयोगका अनुसार आज मङ्सिर २१ गते बिहान १०:०० देखि अपराह्न ४:०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फको आवेदन दिन राजनीतिक दलहरूलाई समय तोकिएको छ। समानुपातिक निर्वाचनका लागि आवेदन दर्ता गराएका दलहरूको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ।

बन्दसूची (Closed List) पेस गर्ने समय

  • पुस १३ र १४ गते: बिहान १०:०० – अपराह्न ४:००
    दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने।

  • माघ ३० गते:
    समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित हुनेछ।

प्रतिनिधिसभामा कुल २७५ सदस्य मध्ये ११० जना समानुपातिक प्रणालीबाट चयन हुने प्रावधान छ।

प्रत्यक्षतर्फ (First-past-the-post) निर्वाचन कार्यक्रम

  • माघ ६ गते:
    उम्मेदवारको मनोनयन दर्ता
    सोही दिन प्रारम्भिक सूची प्रकाशित

  • माघ ७ गते:
    उम्मेदवारीविरुद्ध उजुरी पेश गर्ने अन्तिम मिति

  • माघ ८ गते:
    उम्मेदवार नामावली प्रकाशन

  • माघ ९ गते:
    उम्मेदवारले नाम फिर्ता लिन सक्ने सोही दिन अन्तिम नामावली प्रकाशन तथा चुनावी चिन्ह प्रदान निर्वाचनको मिति नजिदिँदै आयोगले कार्यतालिकालाई चरणबद्ध रूपमा सार्वजनिक गर्दै राजनीतिक दल, निर्वाचन अधिकृत र मतदातालाई आवश्यक तयारीमा जुट्न आग्रह गरेको छ।

Facebook Comments Box