मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि विश्वासको मत लिने
जनकपुरधाम, १६ मंसिर – मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो २ बजे प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
मंगलबार पत्रकारसम्मेलनमार्फत मुख्यमन्त्री यादवले आफूले दिउँसो ३ बजे प्रदेश प्रमुखबाट प्राप्त पत्रअनुसार बुधबार दिउँसो ३ बजेसम्म विश्वासको मत लिनुपर्ने जानकारी पाएपछि तयारी अघि बढाएको बताए। उनले प्रदेश सभा सचिवालयलाई औपचारिक पत्र पठाइसकिएकोसमेत जानकारी दिए।
विगतमा समर्थन जनाएका दलहरूले यसपटक पनि आफूलाई विश्वासको मत दिने भरोसा व्यक्त गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको आदेशअनुसार प्रक्रिया अघि बढाइएको बताए। सर्वोच्च अदालतले सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन (परमादेश) जारी गरेको थियो।
Facebook Comments Box

