विर्तामोडमा एमालेर्‍याली तथा जनसभा

झापा, २९ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाले विघटित प्रतिनिधिसभाको पुनःस्थापना माग गर्दै आज विर्तामोडमा तीनवटै मार्गबाट र्‍याली निकालेर सिटी सेन्टर अगाडि जनसभा गरेको छ।

एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालको नेतृत्वमा विर्तामोड–१ क्षेत्र (पश्चिमतर्फ) बाट पहिलो र्‍याली सुरु भएको थियो। यस र्‍यालीमा जिल्ला इन्चार्ज रोमनाथ ओली सहित विभिन्न तहका नेता–कार्यकर्ताको उपस्थिति थियो।

दोस्रो र्‍याली विर्तामोड–४, भद्रपुर रोडस्थित नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र अगाडिबाट सुरु भयो। पार्टी केन्द्रीय सदस्य हरि राजवंशी र प्रदेश कमिटी सदस्य अमृतलाल राजवंशीको नेतृत्वमा कार्यकर्ताहरू सहभागी थिए।

तेस्रो र्‍याली विर्तामोड–५, शनिश्चरे रोडतर्फबाट सुरु भयो। यसलाई पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले नेतृत्व गर्नु भएको थियो। उहाँसँगै केन्द्रीय सदस्य रवीन कोइराला लगायतका नेता तथा कार्यकर्ता सहभागी थिए।

तीनवटै र्‍याली मुक्तिचोक हुँदै सिटी सेन्टर अगाडि आएर एकीकृत भई जनसभामा परिणत भएका थिए। हाल सभामा केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूले सम्बोधन गरिरहेका छन्।

Facebook Comments Box