चितवनमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, दुई घाइते
चितवन, २६ कात्तिक – चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनी निवासी ८० वर्षीय वीरबहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित चार जना सवार रहेका थिए। चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box

